Kathmandu Press

रवि लामिछानेविरुद्धको रिट खारेज, नागरिकता विवादको अन्तिम टुंगो 

लामिछानले पुनः लिएको नागरिकता समेत प्रक्रियासंगत नभएको प्रश्न उठाउँदै सिन्धुलीका युवराज पौडेल सफलले रिट दिएका थिए। 
रवि लामिछानेविरुद्धको रिट खारेज, नागरिकता विवादको अन्तिम टुंगो 

काठमाडौं, असार १३ : रास्वपा सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै दायर रिट सर्वोच्च अदालतको संवैधानिक इजलासबाट खारेज भएको छ।

लामिछानले पुनः लिएको नागरिकता समेत प्रक्रियासंगत नभएको प्रश्न उठाउँदै सिन्धुलीका युवराज पौडेल सफलले रिट दिएका थिए। 

लामिछानेले जिल्ला प्रसासन कार्यालयबाट अनधिकृत नागरिकता त्यागेको निस्सा पेस नगरी नेपाली नागरिकताको प्रतिलिपि लिएको प्रश्न उठाउँदै सफलले सर्वोच्चमा रिट दिएका थिए।

उक्त रिट खारेज भएसँगै लामिछानेको नागरिकता विवादको च्याप्टर पनि समाप्त भएको छ। प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल रहेको संवैधानिक इजलासले रिट खारेज हुने फैसला गरेको हो।

नागरिकता विवादमा सर्वोच्चको संवैधानिक इजलासबाटै यसअघि रविको सांसद पद खारेज गरिदिएको थियो। पछि पुनः निवेदन दिएर नागरिकता पुनप्र्राप्ती गरेका थिए। 

प्रकाशित मिति: १७:५७ बजे, बुधबार, असार १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्