११ दिनको उपचारपछि स्वास्थ्यलाभ गरेर निवास फर्किए राष्ट्रपति
उनी आज (बुधबार) डिस्जार्च भएर सरकारी निवास फर्किएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। उनको छातीमा पेसमेकर राखिएको थियो।
काठमाडौं, असार १३ : राष्ट्रपति रामचन्द्र पौडेल ११ दिनको उपचारपछि स्वास्थ्यलाभ गरेर निवास फर्केका छन्।
उनी आज (बुधबार) डिस्जार्च भएर सरकारी निवास फर्किएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। उनको छातीमा पेसमेकर राखिएको थियो।
चिकित्सकहरुका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको पनि राष्ट्रपतिको कार्यालयले जनाएको छ।
उनी असार २ गते उपचारका लागि त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त अध्ययन संस्थानअन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए।
प्रकाशित मिति: १७:१५ बजे, बुधबार, असार १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार