Kathmandu Press

मत विभाजनमार्फ बजेट पारित, पक्षमा १४७, विपक्षमा १०८ मत 

अर्थमन्त्री डा.प्रकाशसरण महतले गत जेठ १५ गते संसदमा बजेट प्रश्तुत गरेका थिए। उक्त विधेयक प्रतिनिधिसभाको बुधबारको बैठकमा मतविभाजनबाट पारित भएको छ।
मत विभाजनमार्फ बजेट पारित, पक्षमा १४७, विपक्षमा १०८ मत 

काठमाडौं, असार १३ : आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक भएको विनियोजन विधेयक, २०८० मत विभाजनमार्फत पारित भएको छ।

अर्थमन्त्री डा.प्रकाशसरण महतले गत जेठ १५ गते संसदमा बजेट प्रश्तुत गरेका थिए। उक्त विधेयक प्रतिनिधिसभाको बुधबारको बैठकमा मतविभाजनबाट पारित भएको छ।

मत विभाजन हुँदा बजेटको पक्षमा १४७ र विपक्षमा १०८ मत परेको छ । नेकपा एमालेसहितका विपक्षी दलका सांसदहरुले गरेको संशोधन प्रस्ताव अस्वीकृत भएको छ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ध्वनि मतबाट पास गर्न निर्णायर्थ पेश गरेको उक्त विनियोजन विधेयकलाई एमालेले मतविभाजनमा लैजान माग गरेको थियो। 

त्यसअघि बैठकमा सभामुख घिमिरेले ध्वनी मतका आधारमा विनियोजन विधेयकलाई अघि बढाउन खोज्दा एमालेले मतविभाजको माग गरेको थियो। मतविभाजनका क्रममा विनियोजन विधेयक बहुमतले पारित भएको हो।

प्रकाशित मिति: १६:५१ बजे, बुधबार, असार १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्