Kathmandu Press

‘बाँदर आतंक बन्द गर’ भन्दै किसानले घेरे मुख्यमन्त्रीको कार्यालय

बाँदर आंक बन्द गर्न पटकपटक आग्रह गर्दा पनि नसुनेपछि बाध्य भएर हेटौँडा आएर आन्दोलनमा उत्रनुपरेको किसनको भनाइ छ। 
‘बाँदर आतंक बन्द गर’ भन्दै किसानले घेरे मुख्यमन्त्रीको कार्यालय

हेटौंडा, असार १३ : धादिङका बाँदर पीडित किसानहरुले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको कार्यालय घेराउ गरेका छन्।

बाँदर आंक वन्द गर्न पटकपटक आग्रह गर्दा पनि नसुनेपछि बाध्य भएर हेटौँडा आएर आन्दोलनमा उत्रनुपरेको किसनको भनाइ छ। 

‘बाँदर आतंक बन्द गर,’ ‘किसानलाई राहात दे,’ ‘बाँझो बारीको क्षतिपूर्ति दे,’ ‘बाँदरपीडित दाजुभाई एक हौं’ जस्ता नारासहित प्लेकार्ड र ब्यानर बोकेर बागमती प्रदेश सभा भवन अगाडि किसानहरुले धर्ना र घेराउ गरेका हुन्। धादिङ मुख्यमन्त्री जम्मकट्टेलकको गृहजिल्ला हो। 

बाँदर आतंक रोक्न मुख्यमन्त्री जम्मकट्टेलले कुनै पहल नगरेको गुनासो पीडित किसानको छ। करिव सयको संख्यामा पीडित किसानहरु घेराउका लागि धादिङदेखि प्रदेश राजधानी हेटौंडा आएका थिए। उनीहरुले मुख्यमन्त्री जम्मकट्टेलविरुद्ध नारा समेत लगाएका थिए। बाँदर आतंक फैलिँदा प्रदेश सरकार गम्भीर नबनेका कारण हेटौंडा आएर घेर्नुपरेको भनाई उनीहरुको छ। 

मुख्य मन्त्री कार्यालय घेराउ गर्न धादिङको नीलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका, ज्वालामुखी गाउँपालिकाका किसान हेटौंडा आएका हुन्। 
 

प्रकाशित मिति: १६:४८ बजे, बुधबार, असार १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्