Kathmandu Press

ललिता निवास प्रकरणमा चार जना आरोपीलाई सात दिन हिरासतमा अनुमति

अब उनीहरूलाई थुनामा राखेर प्रहरीले अनुसन्धान गर्नेछ। 
ललिता निवास प्रकरणमा चार जना आरोपीलाई सात दिन हिरासतमा अनुमति

काठमाडौं, असार १३ : ललिता निवास जग्गा अनियमिता प्रकरणमा पक्राउ परेका चार जना आरोपीलाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

म्याद थप प्रयोजनका लागि उनीहरुलाई आज (बुधबार) जिल्ला सरकारी वकिलको कार्यालय लगिएको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मंगलबार उनीहरुलाई पक्राउ गरेको थियो।

सिआइबीले जग्गा अनियमितता प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, तत्कालीन मालपोत अधिकृत धर्मप्रसाद गौतम, मालपोत कर्मचारी गोपाल कार्कीलगायत सातजना पक्राउ परेका थिए। 

अब उनीहरूलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। 
 

प्रकाशित मिति: १६:२७ बजे, बुधबार, असार १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्