भाेलिदेखि विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि २०२८ बेड निःशुल्क
काठमाडौं उपत्यकाका ६ वटा अस्पताल र कोशी अस्पतालका एक अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीका लागि दुई हजार २८ बेड निःशुल्क हुने भएको हो।
काठमाडाैं, असार १३ : बिहीबारदेखि सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि २ हजार २८ बेड निःशुल्क हुने भएको छ।
काठमाडौं उपत्यकाका ६ वटा अस्पताल र कोशी अस्पतालका एक अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीका लागि दुई हजार २८ बेड निःशुल्क हुने भएको हो।
स्वास्थ्य मोहनबहादुर बस्नेतले वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, सहिद गंगालाल अस्पताल, प्रसूति गृह, कान्ति बाल अस्पताल, कोसी अस्पतालका केही बेडहरुमा उपचार निशुल्क हुने जानकारी दिए। उनले तत्कालका लागि स्थानीय सरकारको सिफारिसमा निशुल्क उपचार हुने र स्वास्थ्य मन्त्रालयले आवश्यक समन्वय गर्ने जिकिर गरे।
उनले अन्य अस्पतालमा पनि निशुल्क उपचारका लागि पहल भइरहेको बताए। मन्त्री बस्नेतले निशुल्क उपचारकालागि केही बजेट सम्बन्धित अस्पतालले व्यवस्थापन गर्ने र अपुग रकम स्वास्थ्य मन्त्रालयले बेहोर्ने गरी काम भइरहेको मन्त्री बस्नेतले बताए।
उनले केहि समयपछि देशभरीका संघीय अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारको व्यवस्था गर्ने जानकारी दिए।











