Kathmandu Press

विपक्षी दलको विरोधपछि सहमति खाेज्न प्रतिनिधिसभा बैठक स्थगन

बुधबार प्रतिनिधिसभा बैठकमा बजेट पारित गर्ने प्रक्रियाका क्रममा दुई दलले जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने बिषयलाई बजेटमा नसमेटिएसम्म सदन अघि बढ्न नसक्ने अडान राखेका थिए।
विपक्षी दलको विरोधपछि सहमति खाेज्न प्रतिनिधिसभा बैठक स्थगन

काठमाडाैं, असार १३ : जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने सरकारको प्रतिबद्धतालाई बजेटमा समेट्नुपर्ने भन्दै प्रतिपक्षी एमाले र रास्वपाले विरोध जनाएपछि संसद बैठक अवरुद्ध भएको छ।

बुधबार प्रतिनिधिसभा बैठकमा बजेट पारित गर्ने प्रक्रियाका क्रममा दुई दलले जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने बिषयलाई बजेटमा नसमेटिएसम्म सदन अघि बढ्न नसक्ने अडान राखेका थिए।

रास्वपा प्रमुख सचेतक सन्तोष परियारले यस बिषयमा अर्थमन्त्रीबाट प्रतिवद्धता आएपनि निर्वाचन कार्यालय खारेज नगर्ने सुनिश्चीत गर्ने आधार नदेखिएको बताए। उहाले यस विषयको अन्यौल नहटेसम्म सदन चल्न सक्ने बताए।

त्यसपछि कांग्रेस मुख्य सचेतक रमेश लेखकले सवै दल र सरकारले समेत जिल्ला निर्वाचन कार्यालय खारेज भनेपछि प्रावधिक बिषयमा विरोध गर्नुको औचित्य नरहेको बताए। उनले प्रतिपक्षी दल स्वतन्त्र निर्वाचनको पक्ष र सत्तापक्ष निर्वाचन कार्यालय खारेज गर्न लागेको जस्तो गरि राजनीतिकरण गर्न नहुने बताए।

विपक्षी दलको विरोधपछि यस विषयमा सहमति खोज्न सभामुख देवराज घिमिरेले १५ मिनटेका लागि बैठक स्थगित गरेका छन्। 

प्रकाशित मिति: १४:२५ बजे, बुधबार, असार १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्