प्रधानमन्त्री कार्यालयको संरचनालाई केही समयभित्रै बदल्छु : प्रचण्ड
प्रधानमन्त्री प्रचण्डले आफ्नो सचिवालयबाट सन्तुष्ट नरहेको र सन्तुष्ट हुन केही नयाँ गर्न चाहेकाले राम्रा सुझावहरु पालना गर्ने जिकिर गरे।
काठमाडाैं, असार १३ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री कार्यालयको संरचनालाई केही समयमित्रै बदल्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बजेटका विभिन्न शीर्षकहरुमाथिको छलफलका क्रममा सांसदहरुले राखेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालयमा सचिवहरु उत्साहित हुनुपर्ने ठाउँमा झोक्राएर बस्नुपर्ने स्थिति छ भन्ने कुरामा आफ्नो ध्यान गएको भन्दै केही समयभित्रै यो संरचनालाई बदल्ने बताएको हो।
प्रधानमन्त्री प्रचण्डले आफ्नो सचिवालयबाट सन्तुष्ट नरहेको र सन्तुष्ट हुन केही नयाँ गर्न चाहेकाले राम्रा सुझावहरु पालना गर्ने जिकिर गरे।
उहाले आफूले विकासको तुफान आइसक्यो नभनेको भन्दै अहिले जसरी काम सुरु भएको छ, त्यही अनुसार अघि बढ्ने हो भने तुफान आउन सक्ने जिकिर गरे।
उनले योजना आयोगलाई अझ प्रभावकारी बनाउन राजनीतिक तहमा समेत छलफल सुरु गरिसकेको बताए। प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा इपिजी प्रतिवेदनका विषयमा आफले पहल गरेको भन्दै छिटै बुझ्ने विश्वास व्यक्त गरे।
उनले ठूलो आयोजनाहरुमा भ्रष्टाचार र लागत बढ्दै गएकोप्रति गम्भीर चासो र चिन्ताको विषय भएको बताए।











