Kathmandu Press

लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण अभियान रोकिँदैन : प्रधानमन्त्री

बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रचण्डले नक्‍कली भुटानी शरणार्थी काण्‍डको सफल अनुसन्धानबाट लोकतन्त्रको सर्वोच्चता स्थापित भएको भन्दै शुद्धीकरण अब नरोकिने स्पष्ट पारे।
लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण अभियान रोकिँदैन : प्रधानमन्त्री

काठमाडाैं, असार १२ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण अभियान नरोकिने बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रचण्डले नक्‍कली भुटानी शरणार्थी काण्‍डको सफल अनुसन्धानबाट लोकतन्त्रको सर्वोच्चता स्थापित भएको भन्दै शुद्धीकरण अब नरोकिने स्पष्ट पारे।

उनले ललिता निवास काण्डका अभियुक्तहरू पक्राउ पर्न थालेको र मिटरब्याजी र सहकारीका ठगहरूमाथि कारबाही सुरु भइसकेको जानकारी दिए।

उनले वर्षौंदेखिको विकृतिको डुंगुर सफा गर्ने सुशासनको लडाइँमा संसद र जनताको अझ धेरै समर्थन चाहिएको बताए। उनले पछिल्लो समय अहिले सबैजसो आर्थिक सूचकहरू सकारात्मक रहेको दाबी गरे।

प्रधानमन्त्री प्रचण्डले मलको हाहाकार हरेक वर्ष हुने गरेकोमा यस बर्ष साढे अठहत्तर हजार मेट्रिक टन रासायनिक मलको आपूर्ति सुनिश्‍चित भएको र मलको हाहाकार नहुने बताए।

आगामी आर्थिक वर्षका लागि पनि समयमै रासायनिक मल व्यवस्थापन गर्न रु. ३० अर्ब रकम विनियोजन गरिएको उहाले जानकारी दिनुभयो । आफु सरकारमा आएपछि भौतिक पूर्वाधार विकासमा उल्लेख्य प्रगति भएको उल्लेख गरे।

उहाले दीगो विकासका लक्ष्यका सूचकहरूको पुनरावलोकन गरिएको र विकासम्बन्धी बेग्लै कानुन निर्माणको प्रक्रिया अघि बढेको जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र अब भावनात्मक आधारले मात्रै सुदृढ नहुने भन्दै त्यसलाई तथ्यात्मक आधार चाहिलने बताए।

बीस वर्षअघि र आजको जनताको जीवनस्तरमा आएको परिवर्तनलाई बिर्साउन खोज्न लागेकाले सुशासनको प्रत्याभूति गर्दै लोकतन्त्रको शुद्धीकरणका लागि सिँगो संसद एक ठाउँमा उभिने विश्वास व्यक्त गरे। उनले वर्तमान सरकारले सामाजिक न्याय¸ सुशासन र समृद्धिलाई सर्वोपरि लक्ष्यका रूपमा लिएको र संस्थागत तथा प्रक्रियागत सुधारका कार्य सरकारको उच्च प्राथमिकतामा रहेको बताए।

समावेशी सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण, अर्थतन्त्रको पुनरुत्थान र सबलीकरण, भ्रष्टाचार नियन्त्रण र राज्यको सबै तहमा सुशासनको प्रवर्द्धनमा सरकार निरन्तर सक्रिय रहने उनको भनाइ छ।

प्रकाशित मिति: १३:४७ बजे, बुधबार, असार १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्