Kathmandu Press

ललिता निवास प्रकरण : चारजनामाथि अनुसन्धान अघि बढाइएकाे सिआइबीकाे भनाइ

सिआइबीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले क्षतिपूर्ति दिएर अधिग्रहण गरिसकेको जग्गा व्यक्तिका नाममा नामसारी पाइएकाले चारजनालाई पक्राउ गरी अनुसन्धान गरिएको जनाएको हो।
ललिता निवास प्रकरण : चारजनामाथि अनुसन्धान अघि बढाइएकाे सिआइबीकाे भनाइ

काठमाडाैं, असार १५ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा व्यक्तिका नाममा नामसारी पाइएकाले अनुसन्धान अघि बढाएको जनाएको छ।

सिआइबीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले क्षतिपूर्ति दिएर अधिग्रहण गरिसकेको जग्गा व्यक्तिका नाममा नामसारी पाइएकाले चारजनालाई पक्राउ गरी अनुसन्धान गरिएको जनाएको हो।

ललिता निवास प्रकरणमा सात जनालाई पक्राउ गरे पनि तीन जनाले अदालतबाट ‘स्टे अर्डर’ लिएको हुनाले प्रहरीले कागज गराएर छाडेको थियो।

अहिले काठमाडौँ महानगरपालिका–६ का मीनबहादुर गुरुङ, रातोपुलका धर्मप्रसाद गौतम, चन्द्रागिरि नगरपालिका–३ का गोपाल कार्की र काठमाडौँ महानगरपालिका–४ का सुधीर शाहमाथि थप अनुसन्धान भइरहेको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।

ललिता निवासको जग्गा हिनामिना गरेको, सरकारी छाप दस्तखत कीर्ते मुद्दाको अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको उहाले जानकारी दिए। उनले मुलुकी ऐन २०२० अनुसार सरकारी लिखित कीर्तेमा हदम्याद लागू नहुने समेत स्पष्ट पारे।

पत्रकार सम्मेलनमा ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले लामो समयदेखि अनुसन्धान गरिरहेको ललिता निवास जग्गा प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउने गरी काम गरिरहेको बताइन्। 

प्रकाशित मिति: १३:२७ बजे, बुधबार, असार १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्