Kathmandu Press

विपदमा परेकाको तत्काल उद्धार गर्न माग

प्रतिनिधिसभाको आजको आकस्मिक समयमा बोल्दै सांसद योगेशकुमार भट्टराईले पूर्वी पहाडका जिल्लामा भएको विपद्जन्य घटनाका पीडितलाई राहत उपलब्ध गराउन र अवरुद्ध सडक पुनः सञ्चालन गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।
विपदमा परेकाको तत्काल उद्धार गर्न माग

काठमाडाैं, असार १३ : सांसदहरुले मनसुनी विपद्जन्य घटना, वैदेशिक रोजगारीमा जाने नेपालीको विपद्, ललिता निवास जग्गा प्रकरणलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आजको आकस्मिक समयमा बोल्दै सांसद योगेशकुमार भट्टराईले पूर्वी पहाडका जिल्लामा भएको विपद्जन्य घटनाका पीडितलाई राहत उपलब्ध गराउन र अवरुद्ध सडक पुनः सञ्चालन गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। उनका अनुसार गत जेठ ३२ गतेको अविरल वर्षाले पूर्वी पहाडका जिल्लामा भएको विपद्जन्य घटनामा सङ्खुवासभामा २४, ताप्लेजुङमा ६ र पाँचथरमा ६ जनाको मृत्यु भएको छ।

उनले भने, 'घटनालगत्तै प्रधानमन्त्रीले स्थलगत निरीक्षण पनि गर्नुभयो  ।  सम्बन्धित मन्त्री र सम्बन्धित निकायको पनि ध्यानाकार्षण भएको अवस्थामा अहिले पनि प्रभावकारी काम हुन सकेन।  आवश्यक जनशक्तिको व्यवस्थापन गरी तत्काल काम अघि बढाउन सरकारसमक्ष माग गर्दछु।'

उनले ताप्लेजुङ जोड्ने मुख्य तीन राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको, मेची राजमार्ग सञ्चालन हुन नसकेको बताए। उनले पाँचथरको हेवा खोलामा बेबिब्रिज बनिनसकेकाले ताप्लेजुङको सम्बन्ध सम्पूर्ण रुपले विच्छेद भएको सदनलाई जानकारी गराउँदै तत्काल  प्रभावकारी काम गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराए।

प्रकाशित मिति: १३:०३ बजे, बुधबार, असार १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्