Kathmandu Press

न्यायाधीश नियुक्तिको एजेन्डामा परिषद बैठक बस्दै  

हाल सर्वोच्चमा ६ र उच्च अदालतमा ४२ न्यायाधीश पद रिक्त छन्। उच्चको नियुक्तिपछि जिल्ला र सर्वोच्चमा नियुक्ति गर्ने तयारी छ। 
न्यायाधीश नियुक्तिको एजेन्डामा परिषद बैठक बस्दै  

काठमाडौं, असार १३ : सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीश नियुक्ति गर्न न्याय परिषद्को बैठक बस्ने तयारीमा छ। 

परिष्याद स्रोतका अनुसार वैठकका लागि न्यायाधीश नियुक्ति सम्बन्धी एजेण्डा तय भएको छ। सोमबार पनि न्यायाधीश नियुक्तिका बिषयमा परिषद्को बैठक बसेको थियो। जिल्ला न्यायधीश, कानुनव्यवसायी, सरकारी वकील, कानुन समूह र न्याय समूहबाट समेटेर उच्चमा २७ न्यायाधीश नियुक्ति गरिने जनाइएको छ।

हाल सर्वोच्चमा ६ र उच्च अदालतमा ४२ न्यायाधीश पद रिक्त छन्। उच्चको नियुक्तिपछि जिल्ला र सर्वोच्चमा नियुक्ति गर्ने तयारी छ। 
 
प्रकाशित मिति: १३:०१ बजे, बुधबार, असार १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्