रवि लामिछानेको रिट संवैधानिक इजलासमा
लामिछानले पुनः लिएको नागरिकता समेत प्रक्रियासंगत नभएको प्रश्न उठाउँदै सिन्धुलीका युवराज पौडेल सफलले रिट दिएका थिए।
काठमाडौं, असार १३ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिटमा सुनुवाईका लागि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई तय भएको छ।
लामिछानले पुनः लिएको नागरिकता समेत प्रक्रियासंगत नभएको प्रश्न उठाउँदै सिन्धुलीका युवराज पौडेल सफलले रिट दिएका थिए।
रिटमा सनुवाइ गर्न प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृतवमा रहेको संवैधानिक इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र सपनाप्रधान मल्लको इजलसा तय भएको छ। रिट ‘घ’ नम्बरमा परेको छ।
नागरिकता विवादमा सर्वोच्चको संवैधानिक इजलासबाटै यसअघि रविको सांसद पद खारेज गरिदिएको थियो। पछि पुनः निवेदन दिएर नागरिकता पुनप्र्राप्ती गरेका थिए।
प्रकाशित मिति: १२:५९ बजे, बुधबार, असार १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











