अर्को वर्षदेखि सांसदहरुको समेत सल्लाह लिएर बजेट ल्याउने व्यवस्था मिलाउँछु : प्रधानमन्त्री
बुधबारकाे प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले बजेट निर्माण प्रणालीमा सुधार गर्ने बताएका हुन्।
काठमाडौं, असार १३ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्को वर्षदेखि सांसदहरुको समेत सल्लाह लिएर नै बजेट निर्माण गर्ने बताएका छन्।
बुधबारकाे प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले बजेट निर्माण प्रणालीमा सुधार गर्ने बताएका हुन्।
‘आगामी वर्षदेखि बजेट निर्माणमा प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसदको संयोजकत्वमा सम्बन्धित क्षेत्रका अन्य सांसदहरु समेतको सल्लाहअनुसार बजेट निर्माण गर्ने परिपाटी सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने।
उनले बजेट वक्तव्यमै मन्त्रालयगत बजेट सीमा निर्धारण भएपछि फागुन मसान्तबाटै सिद्धान्त र प्राथमिकता संघीय संसदमा पेस गर्ने व्यवस्था मिलाउने बताए।
प्रकाशित मिति: १२:४७ बजे, बुधबार, असार १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार