सत्तारूढ दल जनमत पार्टी बजेटको विपक्षमा उभिने
जनमतका अध्यक्ष सिके राउतले सरकारले ल्याएको आगामी वर्षको बजेट कार्यकर्ता पोस्न ल्याइएको आरोप लगाउँदै समर्थन गर्न नसकिने बताएका हुन्।
काठमाडौं, असार १३ : सत्तारूढ दल जनमत पार्टीले बजेटको विपक्षमा उभिने भएको छ।
जनमतका अध्यक्ष सिके राउतले सरकारले ल्याएको आगामी वर्षको बजेट कार्यकर्ता पोस्न ल्याइएको आरोप लगाउँदै समर्थन गर्न नसकिने बताएका हुन्।
उनले बुधबार सामािजक सञ्जालमार्फत त्यस्तो जानकारी दिएका हुन्। उनले असमान बजेट कुनै हालतमा स्वीकार्य नहुने पनि बताएका छन्।
‘जनमत पार्टी मन्त्री पदकै लोभमा अरू पार्टी जस्तो समर्थन दिन सक्दैन। यो संसद्को गरिमाका लागि पनि अपरिहार्य छ,’ राउतले फेसबुकमा लेखेका छन्, डेढ महिना बजेटमाथि बहस गर्ने तर अन्तिममा आएर त्यही बजेटलाई संशोधनबिना समर्थन गरिदिने निरर्थक संसदीय अभ्यास र निरीह संसद्को खिलाफ पनि जनमत पार्टीको यो कदम महत्त्वपूर्ण र ऐतिहासिक छ।’
प्रकाशित मिति: १२:४२ बजे, बुधबार, असार १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











