Kathmandu Press

याे सरकारले लोकतन्त्रप्रति जनतामा भराेसा जगाएकाे छ : प्रधानमन्त्री 

उनले मंगलबारबाट ललितानिवास जग्गा प्रकरणका दोषीहरुलाई पनि प्रकाउ गर्न थालिएको बताए।
याे सरकारले लोकतन्त्रप्रति जनतामा भराेसा जगाएकाे छ : प्रधानमन्त्री 

काठमाडौं, असार १३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो सरकारले इतिहासमै ठूलो अनुसन्धान र कारबाहीमार्फत जनतालाई जगाएपछि कानुनको सर्वोच्चता मात्र नभएर लोकतन्त्रको सर्वोच्चता पनि स्थापित गरेको बताएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि उठेको मन्त्रालयगत प्रश्नहरुको जवाफ दिँदै उनले ‘हाई प्रोफाइल’ मानिसहरु कानुनभन्दा माथि छन् भन्ने आम मनोविज्ञान बढिरहँदा नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको चालेको कदमले अहिलेको व्यवस्थाप्रति जनताम भरोसा जगाएको जिकिर गरे।

‘अहिले जनतामा जुन असन्तोष र आवेग थियो, अहिले त्यसमा सुधार भएको छ। यसलाई भरोसामा अभिवृद्धि भएको छ। यसलाई उपलब्धि मानेको छु,’ उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च पदस्थहरु एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने कुरा गलत भएको छ। अब लोकतन्त्रको सर्भिसिङ र सुदृढीकरण सुरु भएको छ। यो यतिमा रोकिने छैन। यो निरन्तर अघि बढिरहनेछ।’ उनले मंगलबारबाट ललितानिवास जग्गा प्रकरणका दोषीहरुलाई पनि प्रकाउ गर्न थालिएको बताए।

प्रकाशित मिति: १२:३६ बजे, बुधबार, असार १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्