Kathmandu Press

एकीकृत समाजवादीले बजेटको पक्षमा मत दिने

बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरमा बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले पक्षमा मतदान गर्ने निर्णय हाे।
एकीकृत समाजवादीले बजेटको पक्षमा मत दिने

काठमाडौं, असार १३ : नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठकले संसदमा प्रस्तुत भएको बजेटको पक्षमा मत दिने भएकाे छ। यसअघि उक्त दलले यथास्थितिमा बजेकाे पक्षमा मत दिन नसक्ने बताएका थिए।

बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरमा बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले पक्षमा मतदान गर्ने निर्णय हाे। बजेट निर्माणको प्रक्रिया र असन्तुलनबारे आफ्नो कुरा राखेर बजेटको पक्षमा मतदान गर्ने निर्णय बैठकले गरेकाे जनाइएकाे छ। 

गत जेठ १५ गते प्रस्तुत गरिएको बजेट आजकाे प्रतिनिधिसभा बैठकमा पारित गर्ने कार्यसूची छ।

प्रकाशित मिति: १२:२५ बजे, बुधबार, असार १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्