Kathmandu Press

प्रधानमन्त्री प्रचण्डले विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै 

विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 
प्रधानमन्त्री प्रचण्डले विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै 

काठमाडौं, असार १३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विनियोजन विधेयक २०८० माथि उठेका प्रश्नको जवाफ दिँदै छन् । आज बस्ने प्रतिनिधिसभाको बैठकमा उनले सांसदले उठाएका प्रश्नको जवाफ दिन लागेको संसद् सचिवालयले जनाएको छ । 

विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेट पारितका लागि पनि पेस हुँदै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

प्रकाशित मिति: ०८:४७ बजे, बुधबार, असार १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्