Kathmandu Press

काठमाडौंका मेयर बालेनसँग लिखित कारण माग

काठमाडौंका मेयर बालेनसँग लिखित कारण माग

काठमाडौं, असार १२ः काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) विरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतबाट लिखित जवाफ पेस गर्न आदेश भएको  छ । 

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा भएको सुनुवाइपछि मेयर बालेनलाई लिखित जवाफ पेस गर्न आदेश दिइएको हो । उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्मको प्रदर्शन नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेपछि मेयर बालेनले अदालतविरुद्ध अशिष्ट शब्द प्रयोग गर्दै सामाजिक सञ्जालमार्फत आदेश नमान्ने बताएका थिए ।

बालेनको भनाईलाई लिएर अधिवक्ता वर्षाकुमारी झाले गत शुक्रबार सर्वोच्च अदालतमा बालेनविरुद्ध अवहेलना निवेदन दिएकी थिइन् । उक्त प्ररकणमा मेयर बोलनले लिखित जवाफ पेश गरेपछि सुनुवाई हुने छ । सर्वोच्चले आफै वा आफ्नो वारेशमार्फत जवाफ पेश गर्ने सुविधा दिएको छ । 

प्रकाशित मिति: १७:५३ बजे, मंगलबार, असार १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्