अलिबाबा समूहका संस्थापक ज्याक मा काठमाडौंमा

काठमाडौं, असार १२ अलिबाबा समूहका संस्थापक चिनियाँ अर्बपति ज्याक मा काठमाडौं आइपुगेका छन्।
बंगलादेशबाट बोइङ बिमान ७३७ चार्टर विमान चढेर उनी २ बजेर ३० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनी पर्यटक भिसामा नेपाल प्रवेश गरेको जनाइएको छ। उनीसँग एउटा टोली पनि नेपाल आएको छ।
नेपाल रहँदा ज्याक माले विभिन्न उच्चस्तरीय भेटघाट गर्ने बताइएको छ। स्रोतका अनुसार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट्नेछन्। फोर्ब्सका अनुसार आजको दिनमा उनको रियलटाइम सम्पत्ति २३.५ बिलियन अमेरिकी डलर छ।
विज्ञान र कलामा स्नातकसम्म अध्ययन गरेका उनी ५८ वर्षका मात्रै भए। इकमर्स बिजनेसमा आउनुअघि उनी ह्वाङजाउमा अंग्रेजी विषयका शिक्षक थिए। चीनको एक गरिब परिवारमा जन्मेका ज्याक माले अलिबाबा १९९९ स्थापना गरेका थिए।
प्रकाशित मिति: १६:१६ बजे, मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











