Kathmandu Press

पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको सर्च अपरेसनबाट पछिल्लो पटक शाह पक्राउ परेका हुन्। भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेलगत्तै शाहलाई नियन्त्रणमा लिइएको हो।
पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ

काठमाडौं, असार १२ : बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमिता प्रकरणमा पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन्। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको सर्च अपरेसनबाट पछिल्लो पटक शाह पक्राउ परेका हुन्। भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेलगत्तै शाहलाई नियन्त्रणमा लिइएको हो।

शाहमाथि ‘किर्ते’ आरोपमा अनुसन्धान शुरु हुने जनाइएको छ। सीआईबीको टोलीले धुम्बाराहीस्थित निवासबाटै पक्राउ गरेको हो। शाह २०७३ भदौदेखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्त थिए। 

सीआईबीको टोलीले डिल्ली बजार मालपोत कार्यालयका तत्कालीन प्रमुख एवम् अवकाशप्रपाप्त सहसचिव कलाधर देउजासहित ४ जनालाई पनि पक्राउ गरिसकेको छ।

यी कर्मचारी २०४९ सालदेखि २०६६ सालमा १७ वर्ष सरकारी सेवामा थिए। सर्च अपरेसनका क्रममा शाहसहित सात जना पक्राउ परिसकेका छन्।

ललिता निवास अनियमितता प्रकरणमा एक सय ७५ जनाविरुद्ध मुद्दा चलिसकेको छ। पक्राउ परेका सातजनाविरुद्ध छानविन शुरु भएको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १५:५९ बजे, मंगलबार, असार १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्