राजनीतिक र नैतिक रुपमा वर्तमान सरकारको वैधता समाप्त : बर्ताैला
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले सरकारका अर्थमन्त्रीले रोष्टममा उभिएर जिल्ला निर्वाचन कार्यालयका बजेट त्रुटिपूर्ण भयो भनेर संशोधन गरेको भन्दै राजनीतिक र नैतिक रुपमा वर्तमान सरकारको बैधता समाप्त भएको बताएका हुन्।
काठमाडाैं, असार १२ : नेकपा एमालेका सचेतक महेश बर्तौलाले राजनीतिक र नैतिक रुपमा वर्तमान सरकारको वैधता समाप्त भएको बताएका छन्।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले सरकारका अर्थमन्त्रीले रोष्टममा उभिएर जिल्ला निर्वाचन कार्यालयका बजेट त्रुटिपूर्ण भयो भनेर संशोधन गरेको भन्दै राजनीतिक र नैतिक रुपमा वर्तमान सरकारको बैधता समाप्त भएको बताएका हुन्।
उनले सरकार सधै बहुमतमा हुने हुँदा बजेट जस्ताको तस्तै पारित गर्ने सामथ्र्य राख्नुपर्ने भन्दै बजेटमाथि संशोधन भएपछि संवैधानिक हिसावले पनि सरकारको बैधता नहुने जिकिर गरे। सरकारले आफूलाई नैतिक र राजनीतिक हिसाबमा प्रस्तुत गर्न चाहन्छ भने सकारको बैधता समाप्त भएको स्वीकार गर्नुपर्ने उनको भनाइ छ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा एमाले र रास्वपाले जिल्ला निर्वाचन आयोग खोरज गर्ने तयारी भएको भन्दै विरोध गरेपछि अर्थमन्त्री डा प्रकाशशरण महतले निर्वाचन आयोगको जिल्ला संरचना अहिलेकै अवस्थामा कायम रहने जवाफ दिएका थिए।