Kathmandu Press

सहकारी ठगी प्रकरणमा शिवशिखरका अध्यक्ष शर्मा पक्राउ

बचतकर्ताले आफ्नो बचत फिर्ताको माग गर्दा नदिएपछि उनी र सञ्चालकहरुविरुद्ध सहकारी विभाग र सिआइवीमा उजुरी दिएका थिए।
सहकारी ठगी प्रकरणमा शिवशिखरका अध्यक्ष शर्मा पक्राउ

काठमाडाैं, असार १२ : सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनलाई पक्राउ गरेको हो।  

अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार शर्मालाई पक्राउ गरेको पुष्टि गर्दै आजै घटना विवरण सार्वजनिक गर्ने जानकारी दिए। शर्मा यसअघि भारतमा लुकीछिपी बस्दै आएका थिए।

शिवशिखरसहित मोरङमा गएर उनले तुलसी सहकारी पनि खोलेका थिए। दुवै सहकारीका बचतकर्ताको ठूलो रकम शर्माले कानुनविपरीत आफ्ना विभिन्न कम्पनी तथा फर्ममा लगानी गरेको पाइएको प्रहरीले जनाएको छ।

बचतकर्ताले आफ्नो बचत फिर्ताको माग गर्दा नदिएपछि उनी र सञ्चालकहरुविरुद्ध सहकारी विभाग र सिआइवीमा उजुरी दिएका थिए।

सोही उजुरीका आधारमा केही व्यक्ति यसअघि नै पक्राउ परे पनि उनी फरार थिए। सूचना जारी गरी सिआइवीले भक्तपुरमा कार्यालय भई काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रको सेवा केन्द्रमा बचत गरेको रकम हिनामिना गरी नदिएको भएमा प्रमाणसहित ब्यूरोमा सम्पर्कमा आउन बचतकर्तालाई अनुरोधसमेत गरेको छ। 

प्रकाशित मिति: १४:४३ बजे, मंगलबार, असार १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्