Kathmandu Press

ललिता निवास प्रकरणमा मुछिएका थप एक जना पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले मालपोत कार्यालय डिल्लीबजारका पूर्वखरिदार गोपाल कार्कीलाई पक्राउ गरेको हो।
ललिता निवास प्रकरणमा मुछिएका थप एक जना पक्राउ

काठमाडौं, असार १२ : ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले थप एक जना पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले मालपोत कार्यालय डिल्लीबजारका पूर्वखरिदार गोपाल कार्कीलाई पक्राउ गरेको हो।

सिआइबीले मंगलबार नै ५ जना भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरु धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई पक्राउ गरिसकेको छ।

ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका उनीहरूलाई आजै सरकारी कागजात किर्तेमा म्याद थप गर्ने तयारी गरेकाे छ।

प्रकाशित मिति: १४:३५ बजे, मंगलबार, असार १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्