Kathmandu Press

पशुपतिनाथमा सुनको जलहरि हटाएर राज्यकोषमा दाखिला गर्नुपर्छ : प्रतिमा गौतम

मंगलबार प्रतिनिधिसभा बैठकमा गौतमले पशुपतिनाथ मन्दिरमा सुनको जलहरि हटाएर राज्यकोषमा दाखिला गदै पशुपतिनाथको मौलिक स्वरुप कायम गर्नुपर्ने बताएका हुन्।
पशुपतिनाथमा सुनको जलहरि हटाएर राज्यकोषमा दाखिला गर्नुपर्छ : प्रतिमा गौतम

काठमाडाैं, असार १२ : नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले पशुपतिनाथ मन्दिरमा सुनको जलहरि हटाएर राज्यकोषमा दाखिला गर्नुपर्ने बताएकी छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा गौतमले पशुपतिनाथ मन्दिरमा सुनको जलहरि हटाएर राज्यकोषमा दाखिला गदै पशुपतिनाथको मौलिक स्वरुप कायम गर्नुपर्ने बताएकी हुन्।

उनले पशुपतिनाथ मन्दिरमा अनावश्यक रुपमा सुनको जलहरि राखिएको र जलहरिसम्बन्धी विवादले हिन्दु धर्मावलम्बीको भावनामा चोट पुगेको उल्लेख गरे। त्यस्तै उनले जलहरिमा १३ जनाको नाम कुँदेको भन्दै आपत्ति जनाइन्।

त्यस्तै सांसद महेश बस्नेतले दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णयले किसानहरुलाई समस्या पर्ने भएकाले उक्त निर्णय फिर्ता लिनुपर्ने बताए। उनले बोर्ड खारेज गर्ने निर्णय राष्ट्रको अहितमा रहेको समेत बताइन्।

उनले बोर्ड खारेज गरेर विदेशी दुध भित्राउने षडयन्त्र भइरहेको भन्दै यसका कारण ३० लाख दुग्ध किसान र सयौ दुग्ध उद्योग धरासयी हुने जिकिर गरिन्। 

प्रकाशित मिति: १४:०७ बजे, मंगलबार, असार १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्