Kathmandu Press

राष्ट्रपति अझै एकदुई दिन अस्पतालमै रहने 

राष्ट्रपति पौडेलको काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मुटुको उपचार भइरहेको छ।
राष्ट्रपति अझै एकदुई दिन अस्पतालमै रहने 

काठमाडौं, असार १२ : मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई चिकित्सकले अझै केही दिन अस्पतालमै रहन सुझाएका छन्। 

राष्ट्रपति पौडेलको काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मुटुको उपचार भइरहेको छ।

चिकित्सकका अनुसार स्वास्थ्य तन्दुरुस्ती नहुञ्जेल एक दुई दिन अस्पतालमै रहन भनेका हुन्। चिकित्सकका अनुसार राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ। 

राष्ट्रपतिको सचिवालय स्रोतका अनुसार चिकित्सकले अझै एक÷दुई दिन अस्पतालमै राख्नुपर्ने सल्लाह दिएका छन्। राष्ट्रपतिको मुटुमा पेसमेकर राखिएको छ। मुटुको गति कम हुने समस्या देखिएपछि पेसमेकर राखिएको थियो। 
 

प्रकाशित मिति: १३:५९ बजे, मंगलबार, असार १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्