Kathmandu Press

ललिता निवास प्ररकणमा मालपोत प्रमुखसहित थप चारजना पक्राउ 

यस प्रकरणमा प्रहरीले भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ पक्राउ परेका थिए।
ललिता निवास प्ररकणमा मालपोत प्रमुखसहित थप चारजना पक्राउ 

काठमाडौं, असार १२ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले बालुवाटारस्थित ललिता निवास्थित सरकारी जग्गा अनियमिततामा मुछिएका थप चारजनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरुमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरु धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी छन्।

यस प्रकरणमा प्रहरीले भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ पक्राउ परेका थिए।

मालपोत कार्यालयका कर्मचारीसँगको मिलेमोतोमा सरकारी जग्गा हडपिएको दाबीसहित अख्तियारले यसअघि पूर्व मन्त्रीसहित एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ। 
 
प्रकाशित मिति: १३:३७ बजे, मंगलबार, असार १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्