Kathmandu Press

कांग्रेसद्वारा विनियोजन विधेयकको पक्षमा मतदान गर्न व्हिप जारी

सत्तासाझेदार दल नेपाली कांग्रेसले आर्थिक बर्ष २०८०।८१ को विनियोजन विधेयकको पक्षमा मतदान गर्न व्हिप जारी गरेको छ । 
कांग्रेसद्वारा विनियोजन विधेयकको पक्षमा मतदान गर्न व्हिप जारी

काठमाडौं, असार १२ : सत्तासाझेदार दल नेपाली कांग्रेसले आर्थिक बर्ष २०८०।८१ को विनियोजन विधेयकको पक्षमा मतदान गर्न व्हिप जारी गरेको छ । 

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक माननीय रमेश लेखकले नेपाली कांग्रेसका सांसदहरुलाई भोलीको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र विनियोजनको विधेयकको पक्षमा मतदान गर्न व्हिप जारी गर्नुभएको दलका अधिकृत विजयेन्द्र वीर आलेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

भोलीको संसद बैठकमा आर्थिक बर्ष २०८०।८१ को विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुँदैंछ । 

प्रकाशित मिति: १०:५६ बजे, मंगलबार, असार १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्