Kathmandu Press

जसपा नेपालको विधान अधिवेशन आज समापन हुने 

गत आइतबारदेखि सुरु भएको विधान अधिवेशन पूर्ववत् तालिका अनुसार आज समापन हुन लागेको हो। आजको बैठकमा  मस्यौदा विधानमाथि समूहगत छलफलमा उठेका प्रश्नको अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताले जबाफ दिने कार्यक्रम रहेको छ । 
जसपा नेपालको विधान अधिवेशन आज समापन हुने 

काठमाडौं, असार १२ : जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन आज समापन हुने भएको छ । 

गत आइतबारदेखि सुरु भएको विधान अधिवेशन पूर्ववत् तालिका अनुसार आज समापन हुन लागेको हो। आजको बैठकमा  मस्यौदा विधानमाथि समूहगत छलफलमा उठेका प्रश्नको अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताले जबाफ दिने कार्यक्रम रहेको छ । 

गत आइतबार अध्यक्ष यादवले प्रस्तुत गरेको मस्यौदा विधानमा हिजो १० वटा समूहमा समूहगत छलफल भई धारणा राख्ने क्रम सुरु भएको थियो । उक्त १० वटा समूहबाट समूहगत धारणा राखे पछि अधिवेशनको अन्तिम दिन अध्यक्ष यादवले जवाफ दिएर संसाधनसहित विधान पारित गर्ने कार्यसूची रहेको छ । 

प्रस्तावित विधानमा ७० वर्षे उमेर हदको प्रावधान राखिएको जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको पदाधिकारीमा दुई पटक भन्दा बढी एउटै पदमा बस्न प्रतिबन्ध लगाइएको, एकल नेतृत्वमा फर्किएको, प्रदेश र केन्द्रीय समिति सदस्य हुन कम्तीमा पाँच वर्ष पार्टी सदस्यता लिएको पाँच वर्ष हुनुपर्ने लगायत प्रावधान राखिएको विधान प्रस्तुत भएको छ । 

उक्त मस्यौदा विधानमा छलफलका लागि ४ सय २० केन्द्रीय सदस्यसहित करिब ८ सय जना प्रतिनिधिले सहभागिता जनाइरहेका छन् ।

प्रकाशित मिति: ०९:०३ बजे, मंगलबार, असार १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्