Kathmandu Press

नक्कली शरणार्थी प्रकरणः फरार प्रतिवादी पक्राउ

नक्कली शरणार्थी प्रकरणः फरार प्रतिवादी पक्राउ

काठमाडौं, असार ११ः नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभ देखाई रकम ठगी गरेको मुद्दाका फरार एक प्रतिवादीलाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार प्रहरी टोलीले आरोपी आशिष बुढाथोकीलाई मण्डिखाटारबाट पक्राउ गरेको हो ।

गिरोहले संकलन गरेको रकम उनको खातामा समेत आएको देखिएको प्रहरी उपरीक्षक रिजालले बताए । सोही आधारमा जिल्ला अदालत काठमाडौंमा विचाराधीन रहेको मुद्दामा उनी फरार सूचीमा थिए ।

यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले उक्त प्रकरणमा पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी, बालकृष्ण खाण, तत्कालीन बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईसहित ३० जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । 

उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंको थुनछेक आदेशले पक्राउ परेका १८ मध्ये १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो भने दुईजना लक्ष्मी महर्जन र टंक गुरुङलाई जनही पाँच र १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । उनीहरूविरुद्ध ठगी, सङ्गठित अपराध, राज्यविरुद्धको अपराध, कीर्तेलगायत पाँच मुद्दा चलाइएको छ । 

प्रकाशित मिति: १९:१९ बजे, सोमबार, असार ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्