Kathmandu Press

जनगणनामा हिमाल र पहाड रित्तिँदै गएको देखाएकोमा सभामुखद्वारा चिन्ता व्यक्त

सोमबार काठमाडौंमा ‘राष्ट्रिय जनगणना २०७८’ को अन्तिम नतिजा ग्रहण गर्दै सभामुख घिमिरेले तथ्यांक अनुसार हिमाल र पहाड रित्तिँदै जानु र तराई लगाएत शहरी क्षेत्रमा जनघनत्व बढ्नुले सामाजिक र राजनीतिक दुवैतर्फ असर पर्ने बताए।
जनगणनामा हिमाल र पहाड रित्तिँदै गएको देखाएकोमा सभामुखद्वारा चिन्ता व्यक्त

काठमाडाैं, असार ११ : प्रतिनिधिसभाा सभामुख देवराज घिमिरेले पछिल्लो जनगणनाको तथ्यांकले हिमाल र पहाड रित्तिँदै गएको देखाएकोमा चिन्ता व्यक्त गरेका छन्।

सोमबार काठमाडौंमा ‘राष्ट्रिय जनगणना २०७८’ को अन्तिम नतिजा ग्रहण गर्दै सभामुख घिमिरेले तथ्यांक अनुसार हिमाल र पहाड रित्तिँदै जानु र तराई लगाएत शहरी क्षेत्रमा जनघनत्व बढ्नुले सामाजिक र राजनीतिक दुवैतर्फ असर पर्ने बताए।

उनले राज्यको नीति तथा कार्यक्रम तय गर्दा तथ्य तथ्यांक जरुरत पर्ने भएकाले यसका आवश्यकता बढ्दै गएको जिकिर गरे।

सभामुख घिमिरेलाई राष्ट्रिय तथ्यांक कार्यालयका सचिव रामप्रसाद थपलिया नेतृत्वको टोलीले ‘राष्ट्रिय जनगणना २०७८’ को नतिजा बुझाएको हो। 

प्रकाशित मिति: १७:४८ बजे, सोमबार, असार ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्