Kathmandu Press

कांग्रेसका नेताको नाम जोडेर प्रकाशित समाचार झुटा : गृह मन्त्रालय 

उक्त पत्रिकाले ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन’ शिर्षक राखेर मनगढन्ते र कपोलकल्पित समाचार प्रकाशित गरेको भनाई गृह मन्त्रालयको छ।
कांग्रेसका नेताको नाम जोडेर प्रकाशित समाचार झुटा : गृह मन्त्रालय 

काठमाडौं, असार ११ : गृह मन्त्रालयले नेपाली काँग्रेसका नेताको नाम जोडेर आर्थिक दैनिक पत्रिकामा प्रकाशित समाचार भ्रामक, कपोलकल्पित र असत्य रहेको भन्दै आपत्ति जनाएको छ। 

उक्त पत्रिकाले ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन’ शिर्षक राखेर मनगढन्ते र कपोलकल्पित समाचार प्रकाशित गरेको भनाई गृह मन्त्रालयको छ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोही व्यक्तिलाई लक्षित गरेर निर्देशन नदिएको बताउँदै प्रकाशित समाचार झुठो रहेको जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले सोमवार एक विज्ञप्ति जारी गर्दै उक्त समाचारको खण्डन गर्दै गंभिर ध्यानाकर्षण भएको जनाएका छन्। 

‘माननिय उपप्रधानमन्त्री एवम् गृहमन्त्री ज्युबाट कुनै व्यक्ति लक्षित गरी केही गर्न वा नगर्न कुनै प्रकारको निर्देशन दिएको कुरा भ्रामक, कपोलकल्पित र झुट्ठा भएको व्यहोरा अवगत गराउँछु,’ विज्ञप्तिमा भनिएको छ, ‘सत्यमा आधारित नभइकन प्रकाशित यस्ता खालका समाचारले मन्त्रालयले हाल सञ्चालन गरिरहेको अपराध र भ्रष्टाचार नियन्त्रणको अभियानलाई दिग्भ्रमित पार्न उद्दत समूहलाई मात्र फाइदा पुग्ने विषयतर्फ जिम्मेबार प्रकाशन संस्था सतर्क रहनु बाञ्छनिय छ।’ 

मन्त्रालयले न्याय निरुपणका क्रममा रहेको विषयमा कुनै पनि समाचार प्रकासन गर्दा संवेदनशिल भई सम्बन्धित पक्ष वा पदाधिकारीबाट पुष्ट्याईं हुने प्रवन्ध मिलाउनसमेत भनेको छ। दिग्भ्रमित समाचारले अबाञ्छित समूहलाई मात्र फाइदा पुर्‍याउने ठहर मन्त्रालयको छ। मन्त्रालयले प्रश्ट गर्दै भनेको छ, ‘यसर्थ मन्त्रालय उक्त झुटो, निराधार र भ्रमपूर्ण समाचारको खण्डन गर्दछ।’    

355603115_5741879385911468_4569637754313954943_n1687778896.jpg  

प्रकाशित मिति: १७:०८ बजे, सोमबार, असार ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्