Kathmandu Press

जलहरीबारे अख्तियारले आवश्यक निष्कर्ष निकाल्छ : मन्त्री किराती

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै जलहरीका विषयमामा अनुसन्धान गरेको अख्तियारले छिटै प्रतिवेदन सार्वजनिक गर्ने बताएका हुन्।
जलहरीबारे अख्तियारले आवश्यक निष्कर्ष निकाल्छ : मन्त्री किराती

काठमाडाैं, असार ११ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पशुपतिनाथको जलहरीका विषयमा अख्तियारले आवश्यक निष्कर्ष निकाल्ने बताएका छन्।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै जलहरीका विषयमामा अनुसन्धान गरेको अख्तियारले छिटै प्रतिवेदन सार्वजनिक गर्ने बताएका हुन्।

अख्तियारले छानबिन गरेको विषयमा थप प्रतिक्रिया नदिने उनको भनाइ छ। उनले पशुपतिको दानपात्रका विषयमा छानबिन समिति गठन गरेर प्रतिवेदन प्रहरीसमक्ष बुझाएको भन्दै प्रहरीले थप अनुसन्धान गर्ने जिकिर गरे।

त्यस्तै एमाले सचेतक महेश बर्तौलाले पशुपतिनाथको जलहरीका विषयमा अख्तियारले अनुसन्धान गरिरहेको भन्दै पार्टीले सहयोग गर्ने बताए।

पशुपतिनाथको जलहरी प्रकरणलाई राजनीतिकरण गर्न खोजिएको उनको भनाइ छ।। उनले एमालेको शक्ति सामथ्र्य र प्रभाव देखेर नै विरोध गरिएको जिकिर गरे।

त्यस्तै कांग्रेस सांसद रामहरि खतिवडाले पशुपतिनाथको जलहरीका बिषयमा अख्तियारले गरेको अनुसन्धानलाई निष्कर्षमा पुराउनुपर्ने र भ्रष्टाचार गरिएको देखिए दोषीलाई कारवाही गनुपर्ने बताए।

पशुपतिनाथको जलहरीका विषयमा अख्तियारले अनुसन्धान गर्दै आइतबार नापजाँच गरेको थियो। 

प्रकाशित मिति: १६:४० बजे, सोमबार, असार ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्