न्यायाधीश भट्टराईले दिए राजीनामा
धानन्यायाधीश हरिकृष्ण कार्की मातहत बस्न आफूलाई असहज हुने भएकाले राजिनामा दिएको जनाइएको छ।
काठमाडौं, असार ११ : जिल्ला अदालतका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले सोमवार पदबाट राजीनामा दिएका छन्।
आफैँले कानूनी र नैतिकरुपमा प्रश्न उठाएको व्यक्ति प्रधानन्यायाधीश भएको कारण दर्शाउँदै भट्टराईले राजिनामा दिएका हुन्। प्रधानन्यायाधीश हरिकृष्ण कार्की मातहत बस्न आफुलाई असहज हुने भएकाले राजिनामा दिएको जनाइएको छ।
उनले न्यायाधीश नियुक्तिको प्रक्रियाप्रति असन्तुष्टि पोखेका छन्। प्रधानन्यायाधीश कार्कीलाई संवोधन गर्दै उनले न्याय परिषद समक्ष राजिनामा पत्र बुझाएका छन्।
प्रकाशित मिति: १६:२१ बजे, सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











