Kathmandu Press

पशुपति विकास कोषका तत्कालीन सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्दा

गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा सोमबार विशेष अदालतमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।
पशुपति विकास कोषका तत्कालीन सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, असार ११ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा सोमबार विशेष अदालतमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।

उनी २०७४ साउन ३२ देखि २०७९ साल जेठ ३० गतेसम्म कोषको सदस्य सचिवको जिम्मेवारीमा रहेका उनीमाथि १ करोड ४४ लाख ११ हजार रुपैयाँ स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव भएपछि ढकालको र परिवारको बैंक खातामाथि अख्तियारले अनुसन्धान गरेको थियो। वैध रुपमा ६ करोड ३९ लाख रुपैयाँ आर्जन गरेको देखिएको छ। तर उनीसँग ७ करोड ८४ लाख रुपैयाँको सम्पत्ति जोडेको देखिएको अख्तियारको भनाइ छ।

सोही आधारमा उनीमाथि १ करोड ४४ लाख रुपैयाँ बिगो मागदाबी गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो।

प्रकाशित मिति: १४:५८ बजे, सोमबार, असार ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्