Kathmandu Press

सेना संविधान प्रति प्रतिबद्ध संगठन रहेको खड्काको भनाइ

उपप्रधानमन्त्री खड्काले विश्वमा बढ्दो सुरक्षा चुनौतीलाई सामना गर्ने गरी नेपाली सेनाको सङ्गठनलाई सुदृढीकरण गर्नुपर्ने आवश्यकता रहेको पनि बताए। 
सेना संविधान प्रति प्रतिबद्ध संगठन रहेको खड्काको भनाइ

काठमाडौं, असार ११ : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेना संविधानप्रति प्रतिबद्ध सङ्गठन भएको र यसले आफ्नो जिम्मेवारी सोही अनुसार निर्वाह गरिरहेको सन्दर्भ उल्लेख गर्दै संख्या कटौती गर्न उपयुक्त नहुने भनाई राखेका छन्। 

विश्वको बदलिँदो सुरक्षा परिवेशमा प्रत्येक राष्ट्रले आ–आफ्नै किसिमका सुरक्षा चुनौती सामना गर्नुपरेको बताउँदै नेपाली सेनाको प्रतिनिधिसभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै खड्काले उक्त भनाई राखेका हुन्।

खड्काले बहु प्रकृतिको जिम्मेवारीलाई हेर्दा नेपाली सेनाको हालको सङ्ख्या कायमै राखेर अघि बढ्न सान्दर्भिक हुने बताए। उनले विश्वको बदलिँदो सुरक्षा परिवेशमा प्रत्येक राष्ट्रले आ–आफ्नै किसिमका सुरक्षा चुनौती तथा खतराहरूको सामना गर्नु परिरहेको पनि बताए।

उनले बाह्य आक्रमण, आन्तरिक द्वन्द्व, आतङ्कवाद, आर्थिक सङ्कट, महामारी लगायतका सुरक्षा चुनौतीहरूले मानव जीवनमा नै कठिनाइ निम्त्याइरहेको दृष्टान्त पनि प्रश्तुत गरे।  

उपप्रधानमन्त्री खड्काले विश्वमा बढ्दो सुरक्षा चुनौतीलाई सामना गर्ने गरी नेपाली सेनाको सङ्गठनलाई सुदृढीकरण गर्नुपर्ने आवश्यकता रहेको पनि बताए। 
 
 

प्रकाशित मिति: १३:४५ बजे, सोमबार, असार ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्