Kathmandu Press

जलहरीको सुन आधा किलो कम भेटियो  

अख्तियारको टोलीले उक्त सुन जोख्दा आधा किलाे कम रहेको विषयमा छानबिनबाट सत्यतथ्य पत्ता लगाउनेछ।
जलहरीको सुन आधा किलो कम भेटियो  

काठमाडौं, असार ११ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिमा राखिएको सुनको जलहरी नापजाँच गर्दा आधा किलाे कम फेला परेको छ। 

अख्तियारको टोलीले उक्त सुन जोख्दा आधा किलाे कम रहेको विषयमा छानबिनबाट सत्यतथ्य पत्ता लगाउनेछ।

अख्तियार स्रोतका अनुसार जलहरीमा प्रयोग भएको भनिएको सुन आधा केजी कम भेटिए पनि अनियमितता भएनभएको विषयमा अहिले नै भन्न नसकिने अवस्था छ। हाल जलहरीमा प्रयोग भएको सुनमध्ये १०७ केजी ९५३ ग्राम सुन पाइएको हो 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा १०७ केजी ९२४.७४ ग्राम सुन प्रयोग भएको जानकारी दिइएको थियो। उक्त सुनमा तामा र पित्तल थप गरी १०८ केजी भएको भनिएको थियो।

जलहरीमा घोटाला भएको भन्दै छानबिनका लागि अख्तियारमा उजुरी परेको थियो। संसदमा समेत जलहरीबारे प्रश्न उठेपछि छानबिनका लागि अख्तियार टोली आइतबार पशुपति पुगेको थियो।
 

प्रकाशित मिति: १३:२६ बजे, सोमबार, असार ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्