Kathmandu Press

सेनाको संख्या कटौती गर्न उपयुक्त हुन्न : रक्षामन्त्री खड्का

सोमबार प्रतिनिधिसभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले सेनाको संख्यालाई निरपेक्ष रुपमा हेर्न नहुने बताए।
सेनाको संख्या कटौती गर्न उपयुक्त हुन्न : रक्षामन्त्री खड्का

काठमाडौं, असार ११ : उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको संख्या कटौती गर्न उपयुक्त नहुने बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले सेनाको संख्यालाई निरपेक्ष रुपमा हेर्न नहुने बताए। सुरक्षा परिषद्को सिफारिसमा सरकारले सेनाको संख्याबारे निर्णय गर्ने कानुनी व्यवस्था रहेको बताए। 

‘संविधान तथा कानुनले सुम्पिएको जिम्मेवारी, सरकारद्वारा समय–समयमा तोकिएका अन्य जिम्मेवारी, अन्तर्राष्ट्रिय रुपमा शान्ति स्थापना कार्यमा सक्रिय रहँदा गर्नुपर्ने कार्य, मुलुकको भौगोलिक अवस्था, अन्तर्राष्ट्रिय परिवेशका आधारमा नेपाली सेनाको संख्या निर्धारण हुने भएकाले हामीले निरपेक्ष रुपमा हेर्नुहुन्न,’ उनले भने, ‘हाम्रो राष्ट्रिय सुरक्षा नीतिका सन्दर्भमा विश्वको बदलिँदो सुरक्षा परिवेशमा प्रत्येक राष्ट्रले आ–आफ्नै किसिमका सुरक्षा चुनौति तथा खतराहरुको सामना गर्नुपरिरहेको छ।’

मन्त्री खड्काले नेपाली सेना संविधानप्रति प्रतिबद्ध संगठन भएको र यसले आफ्नो जिम्मेवारी सोहीअनुसार निर्वाह गरिरहेको पनि स्पष्ट पारे। 

प्रकाशित मिति: १३:२० बजे, सोमबार, असार ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्