सुनको जलहरी सम्बन्धमा सत्यतथ्य जानकारी गराउन माग
प्रतिनिधिसभाको सोमबारको बैठकको शुन्य समयमा सांसद पौडेलले सुनको जलहरी सम्बन्धमा जाँच समेत भइसकेको अवस्थामा यस बिषयमा सदनमा सत्यतथ्य जानकारी गराउन माग गरेका हुन्।
काठमाडाैं, असार ११ : नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको सुनको जलहरी सम्बन्धमा सत्यतथ्य जानकारी गराउन माग गरेका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकको शुन्य समयमा सांसद पौडेलले सुनको जलहरी सम्बन्धमा जाँच समेत भइसकेको अवस्थामा यस बिषयमा सदनमा सत्यतथ्य जानकारी गराउन माग गरेका हुन्।
उनले ट्रकमा ल्याएको सामानजस्तो नभएको भन्दै सुनको नापजाँचपछि कति सुन हरायो, कति सुन बाँकी छ र के अवस्था रहेको भन्दै भन्ने बारेमा जानकारी गराउनुपर्ने बताए।
आइतबार राति अख्तियारलगायतको टोलीले पशुपतिनाथमा रहेको सुनको जलहरी नापजाँच गरिए पनि विवरण सार्वजनिक भने भएको छैन।
प्रकाशित मिति: १२:४३ बजे, सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार