Kathmandu Press

न्याय परिषदमा पुनरवलोकन आवश्यक रहेको प्रधानन्यायाधीशको टिप्पणी

कार्कीलाई बधाई तथा शुभकामना दिन सर्वाेच्च अदालत बार एसोसिएसनले आयोजना गरेको कार्यक्रममा उक्त भनाइ आएको हाे। 
न्याय परिषदमा पुनरवलोकन आवश्यक रहेको प्रधानन्यायाधीशको टिप्पणी

काठमाडौं, असार १० : प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्याय परिषद्को संरचनामा पुनरावलोकन गरिनुपर्ने आवस्यकता औंल्याएका छन्। कार्कीलाई बधाई तथा शुभकामना दिन सर्वाेच्च अदालत बार एसोसिएसनले आयोजना गरेको कार्यक्रममा उक्त भनाइ आएको हाे। 

हालको परिषदको संरचनाका कारण समयमै निर्णय गर्न नसकेको भनाई उनको थियो। ‘न्यायपरिषद्को संरचनाका विषयमा छलफल हुनु जरुरी छ। केही छलफल पनि भएको छ, तर छलफलले आकार लिएको छैन। परिषद् कहिल्यै पनि खाली नहुने वातावरण बन्नुपर्छ र त्यसका लागि संरचनामा परिवर्तनको आवश्यकता छ,’ प्रधानन्यायाधीश कार्कीले भने। 

उनले आफूले मात्रै चाहेर न्यायाधीशको नियुक्ति नहुने अबस्था रहेको पनि बताए। ‘म कामु प्रधानन्यायाधीश भएर नगरेको होइन, मैले सुरुदेखि नै न्यायाधीश नियुक्तिबारे प्रक्रिया सुरु गर्न आग्रह गरेको हो। सर्वोच्चमा नियुक्तिको सिफारिससम्म गरेकै हो, तर दुर्भाग्य सिफारिस हुन सकेन।

अब हामी यसको समाधानमा जान्छौँ,’ कार्कीले भने, ‘कानूनमन्त्री राजनीतिक व्यक्ति भएकाले कतिपय विषय राजनीतिक हुने, कानुन मन्त्रालय रोजाइको मन्त्रालय नपर्ने भएर हो कि किन हो, लामो समय कानुन मन्त्रालय खाली पनि रह्यो। त्यसकारण परिषद्कै संरचनाका सम्बन्धमा पनि विचार गर्ने पो हो कि ?’

प्रधानन्यायाधीश कार्कीले आफ्नो नेतृत्वमा बनेको प्रतिवेदनलाई फूलकोर्टमा राखेर छलफल गरेको र दुइवटा विषय पारित भइसकेको बताए। प्रधानन्यायाधीश कार्कीले जिल्ला र उच्च अदालतका न्यायाधीशहरुलाई न्याय सम्पादन गर्दा न्यायिक निष्ठामा रहेर गरेमा शीघ्र न्याय दिंदा कुनै समस्या नहुने भनिएको र त्यसको सकारात्मक प्रभाव परेको पनि बताए। 


 

प्रकाशित मिति: १८:३० बजे, आइतबार, असार १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्