Kathmandu Press

भक्तपुर नगरकाे बजेट २ अर्ब २६ करोड ८५ लाख ९४ हजार

बजेटमा सामुदायिक विद्यालयहरुमा कार्यरत कर्मचारी तथा सहयोगीको तलबमा प्रतिव्यक्ति मासिक २ हजारको दरले थप पारिश्रमिक दिने उल्लेख छ। 
भक्तपुर नगरकाे बजेट २ अर्ब २६ करोड ८५ लाख ९४ हजार

काठमाडौं, असार १० : भक्तपुर नगरपालिकाकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब २६ करोड ८५ लाख ९४ हजारको बजेट ल्याएको छ।

नगरपालिकाको चौधौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले बजेट प्रस्तुत गरेकाे बजेटको चालूतर्फ १ अर्ब ३७ करोड ९४ लाख र  पुँजीगत खर्चतर्फ ७९ करोड ४१ लाख विनियाेजन गरेकाे छ। वित्तीय व्यवस्थातर्फ ९ करोड ५० लाख बजेट विनियोजन भएको छ।

बजेटमा सामुदायिक विद्यालयहरुमा कार्यरत कर्मचारी तथा सहयोगीको तलबमा प्रतिव्यक्ति मासिक २ हजारको दरले थप पारिश्रमिक दिने उल्लेख छ। 

सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि ५० लाख,  कोसेली घर बनाउन ५० लाख,  शीत भण्डार निर्माण गर्न १ करोड, खानेपानी व्यवस्थापन तथा आकाशे पानी संकलनको लागि  १ करोड रुपैयाँ छुट्याइएको छ।

त्यस्तै खेलकुद अन्तर्गत महेश्वरी स्टेडियम निर्माणमा १ करोड ५० लाख, बेखाल कभर्ड हल निर्माणमा १ करोड, नगरभित्रका उपयुक्त पोखरीहरुलाई पौडी पोखरीको रुपमा विकास गर्न ५० लाख, देको मिवा इटापाके आवास योजनाका लागि १८ करोड छुट्याइएको छ।

प्रकाशित मिति: १७:५० बजे, आइतबार, असार १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्