Kathmandu Press

काठमाडौं प्रशासनद्वारा नागरिकता सिफारिस प्रक्रियाबारे वडालाई परिपत्र

सहायक प्रमुख जिल्ला अधिकारी काठमाडौँका खड्गबहादुर श्रेष्ठले भने, 'नागरिकले आवश्यक सम्पूर्ण कागपत्र नल्याउँदा दुःख पाएका छन्, सबै कागजात पूरा गरी वडा सिफारिस भयो भने सजिलो हुन्छ।'
काठमाडौं प्रशासनद्वारा नागरिकता सिफारिस प्रक्रियाबारे वडालाई परिपत्र

काठमाडाैं, असार १० : जिल्ला प्रशासन कार्यालय काठमाडौंले नागरिकता प्राप्तिका लागि आवश्यक प्रक्रिया पुर्‍याएर मात्रै सिफारिस गर्न वडा कार्यालयलाई परिपत्र गरेको छ।

नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ गत जेठ १७ मा राजपत्रमा प्रकाशित भइसकेको सोही ऐन र नियमावली बमोजिम प्रक्रिया पूरा गरेर मात्रै सिफारिस गर्न अनुरोध गरेको छ। नागरिक अनुसूचिमात्रै भरेर आउने गरेको र आवश्यक कागजात नहुँदा दुःख पाउने अवस्था देखिएको भन्दै कार्यालयले सो परिपत्र गरेको हो। 

सहायक प्रमुख जिल्ला अधिकारी काठमाडौँका खड्गबहादुर श्रेष्ठले भने, 'नागरिकले आवश्यक सम्पूर्ण कागपत्र नल्याउँदा दुःख पाएका छन्, सबै कागजात पूरा गरी वडा सिफारिस भयो भने सजिलो हुन्छ।'

कार्यालयले जन्मका आधारमा नागरिकता लिएकाहरुका सन्तानलाई वंशजका आधारमा सिफारिस गर्दा बाबु र आमा नेपाली नागरिक भएको र निजको बसोबास निरन्तर नेपाल सरहदभित्र गरेको यकिन गर्न पनि भनेको छ। 

जसका लागि बाबुआमाको सक्कल नागरिकता, सक्कल जन्मदर्ता, जग्गाधनी प्रमाणपूर्जा (निवेदकको बाबुआमा नाम भएको) शैक्षिक प्रमाणपत्र, घरधनी दर्ता पूमाणपूर्जा, बसाइँसराइ दर्ता प्रमाणपत्र (ठेगाना परिवर्तन गर्न चाहेमा)
स्थायी बसोबास प्रमाणपत्र, बाबुआमाको विवाह दर्ता र पारिवारिक विवरण, बाबुआमाको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र  २०६३ को टोलीले नाबालक  दर्ता गरेको भए सोको निस्सा समेत संलग्न गराउन उल्लेख गरिएको छ।

परिपत्रमा कार्यालयबाट आवश्यताअनुसार स्थलगत प्रहरी सर्जमिन मुचुल्कासमेत गरिने हुँदा सो बेहोरालाई पुष्टि गर्ने अन्य कागजात पनि समावेश गर्न परिपत्रमा उल्लेख छ।

प्रकाशित मिति: १६:५३ बजे, आइतबार, असार १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्