Kathmandu Press

दुर्घटनामा एक जनाको मृत्यु

दुर्घटनामा घाइते भएका कुमालको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको थियो।
दुर्घटनामा एक जनाको मृत्यु

चितवन, असार १० : पृथ्वी राजमार्गमा माइक्रोबस र मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देहीको कन्चनङ्गा नगरपालिका–१ का ३६ वर्षीय हेमन्त कुमाल रहेका छन्।

बुटवलबाट काठमाडौँ जाँदै गरेको बा ३ ख ९४६० नम्बरको माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको लु ९३ प ९४६ नम्बरको मोटरसाइकल इच्छाकामना गाउँपालिका–४ केवलकार नजिक  आज दिउँसो एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा घाइते भएका कुमालको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको थियो।

प्रकाशित मिति: १६:३८ बजे, आइतबार, असार १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्