Kathmandu Press

उपराष्ट्रपतिको पद बेकामे भन्दै खारेज गर्न सांसदको माग 

उपराष्ट्रपतिले गर्ने काम राष्ट्रिय सभा अध्यक्षले नै गर्न सक्ने विकल्प पनि उनले दिएका छन्।
उपराष्ट्रपतिको पद बेकामे भन्दै खारेज गर्न सांसदको माग 

काठमाडौं, असार १० : प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उपराष्ट्रपति पद खारेज गर्नुपर्ने माग राखेका छन् । उनीहरुले हालको सुविधा पनि कटौती गर्नुपर्ने माग गरेका छन्।

रास्वपाका सांसद मनीष झाले उपराष्ट्रपति पद आवश्यक नभएको बताए। उपराष्ट्रपतिको पदले सम्झनलायक कुनै पनि काम गर्न नसकेको दाबी उनको छ। उपराष्ट्रपतिले गर्ने काम राष्ट्रिय सभा अध्यक्षले नै गर्न सक्ने विकल्प पनि उनले दिएका छन्।

कर र खर्च कटौतीका लागि अनावश्यक पद राखिरहन नहुने उनको तर्क छ। यता, राप्रपा सांसद रोशन कार्कीले पनि उपराष्ट्रपतिको प्रशासनिक खर्च कटौती गरेर ‘लम्पिस्किन’ महामारीको मारमा परेका किसानहरूलाई अनुदानको रुपमा दिन माग गरिन्। 

जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले भने राष्ट्रिय सभाको उपाध्यक्षको जिम्मेवारी उपराष्ट्रपतिलाई दिनुपर्ने बताएकी छन्। उपराष्ट्रपतिको भूमिका बढाउन राष्ट्रिय सभाको उपाध्यक्षको जिम्मेवारी उपराष्ट्रपतिलाई दिइनुपर्ने भनाई उनको छ। उपराष्ट्रपतिको कामै रिवन काट्ने र देवी देउताको दर्शन गर्ने भएको उनले बताइन्। 
 

प्रकाशित मिति: १४:२७ बजे, आइतबार, असार १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्