Kathmandu Press

जलहरीको वास्तविकता खुट्याउन अख्तियार टोली पशुपतिमा   

जलहरीमा घोटालाको प्रश्न उठेपछि छानविनकाक्रममा अख्तियारको टोली केही समयअघि पशुपति पुगेको अख्तियार स्रोतले जनाएको छ।
जलहरीको वास्तविकता खुट्याउन अख्तियार टोली पशुपतिमा   

काठमाडौं, असार १० : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली सुनको जलहरी जाँच्न पशुपतिनाथ मन्दिरमा पुगेको छ।

जलहरीमा घोटालाको प्रश्न उठेपछि छानविनकाक्रममा अख्तियारको टोली केही समयअघि पशुपति पुगेको अख्तियार स्रोतले जनाएको छ। पशुपतिको ज्योतिर्लिङ्गमा राखिएको सुनमा घोटाला भएको दाबीसहित अख्तियारमा उजुरी परेको थियो। 

खानी तथा भूगर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू अख्तियारको टोलीमा रहेको जनाइएको छ। ज्योतिर्लिङ्गमा राखिएको जलहरीको तौल, सुनमा पित्तल मिसावट भएनभएको, सुनको गुणस्तर, जस्ता विषयमा परीक्षण गरी टोली फर्किने छ।

जलहरीमा ११ केजी सुन घोटाला भएको दाबी उजुरीमा गरिएको छ। ०७७ माघ १२ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले करिब १ अर्ब रुपैयाँ लागतमा जलहरी राख्ने घोषणा गरे वमोजिम सरकारले ३० करोड रुपैयाँ दिने र पशुपति क्षेत्र विकास कोषले ५० करोड  थपेर १ सय ८ केजीको जलहरी राख्ने निर्णय गरेको थियो।
 

प्रकाशित मिति: १४:१४ बजे, आइतबार, असार १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्