Kathmandu Press

इपिएस पीडितद्वारा कार्यालय घेराउ र प्रदर्शन

इपिएस पीडितले ‘कोरिया रिटर्नी’हरुका नाममा प्रदर्शनसमेत गरेका हुन्।
इपिएस पीडितद्वारा कार्यालय घेराउ र प्रदर्शन

काठमाडौं, असार १० : कोरियन भाषा परीक्षा उत्तिर्ण भई कोरिया जान नपाएको भन्दै आइतवार वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखा घेराउ गरेका छन्।

इपिएस पीडितले ‘कोरिया रिटर्नी’हरुका नाममा प्रदर्शनसमेत गरेका हुन्। पीडितले वैधानिक रुपमा कोरियाबाट फर्किएकाहरुले लामो समयसम्म कम्प्युटर प्रणालीमा दिनुपर्ने सीभीटी परीक्षा दिन नपाएको गुनासो गरेका छन्।

नियमित परीक्षामा भाग लिएर नाम निकालेपछि पनि पछि आफूहरुको ‘लेबर एग्रिमेन्ट’ जारी नभएको भनाई उनीहरुको छ। पीडितका अनुसार सन् २०२२ को सेप्टेम्बरमा परीक्षा दिएर पास भएकाहरु पनि अझै कोरिया जान पाएका छैनन्। 
 

प्रकाशित मिति: १३:४३ बजे, आइतबार, असार १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्