‘अनुसन्धान विभागलाई गृहमा ल्याउन छलफल चलिरहेको छ’
मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नहरुको आइतबारको प्रतिनिधिसभा बैठकमा जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले त्यस्तो बताएका हुन्। सो विभाग पहिले पहिले गृह मन्त्रालयमातहतमै रहेको स्पष्ट पारे।
काठमाडौं, असार १० : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयमातहतमै ल्याउन छलफल भइरहेको बताएका छन्।
मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नहरुको आइतबारको प्रतिनिधिसभा बैठकमा जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले त्यस्तो बताएका हुन्। सो विभाग पहिले पहिले गृह मन्त्रालयमातहतमै रहेको स्पष्ट पारे।
केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा सो विभागलाई प्रधानमन्त्री कार्यालयमातहतमा लगिएको जानकारी उनले दिए। गृह मन्त्रालयको बजेटमाथि भएको छलफलमा सांसदहरुले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मातहतमै राख्नुपर्नेमा जोड दिएका थिए।
प्रकाशित मिति: १३:३५ बजे, आइतबार, असार १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार