Kathmandu Press

अदालतको अवहेलना गरेको भन्दै बालेनविरूद्ध सर्वोच्चमा निवेदन दर्ता

अधिवक्ता वर्षाकुमारी झाले बालेनविरुद्ध अदालतको अवहेलनामा कारबाही गर्नुपर्ने माग राखेर निवेदन पेस गरेकी हुन्।
अदालतको अवहेलना गरेको भन्दै बालेनविरूद्ध सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं, असार १० : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ।

अधिवक्ता वर्षाकुमारी झाले बालेनविरुद्ध अदालतको अवहेलनामा कारबाही गर्नुपर्ने माग राखेर निवेदन पेस गरेकी हुन्।

निवेदनको पेसी सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको आइतबारको इजलासमा तोकिएको छ। इजलासले आवश्यक ठाने निवेदन अघि बढाए मात्रै त्यसले मुद्दाको रुप लिनेछ।

केही दिनअघि  बालेनले सामाजिक सञ्जाल फेसबुकमा उच्च अदालत पाटनको आदेशविरुद्ध अभिव्यक्ति दिएका थिए।

भारतीय चलचित्र ‘आदिपुरुष’ काठमाडौं महानगरपालिकाका चलचित्र हलहरूमा चल्न दिनू भनी आदेश दिएपछि मेयर शाह अदालतविरुद्ध खनिएका थिए। सो अभिव्यक्तिले अदालतको अवहेलना गरेको अधिवक्ता झाको भनाइ छ।

प्रकाशित मिति: १३:०२ बजे, आइतबार, असार १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्