प्रतिनिधिसभा बैठकमा पत्रिका नपढ्न सभामुखकाे निर्देशन
आइतबारको प्रतिनिधिसभा बैठक चलिरहँदा सांसदले पत्रिका पढिरहेको देखेपछि उनले पत्रिका नपढ्न निर्देशन दिएका हुन्।
काठमाडौं, असार १० : सभामुख देवराज घिमिरेले संसद बैठकमा पत्रिका नपढ्न निर्देशन दिएका छन्।
आइतबारको प्रतिनिधिसभा बैठक चलिरहँदा सांसदले पत्रिका पढिरहेको देखेपछि उनले पत्रिका नपढ्न निर्देशन दिएका हुन्।
त्यतिबेला उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नहरुको जवाफ दिइरहेका थिए।
मन्त्री श्रेष्ठलाई बीचैमा रोकेर सभामुखले बैठकमा पत्रिका नपढ्न निर्देशन दिएका हुन्।
प्रकाशित मिति: १२:३३ बजे, आइतबार, असार १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार