पोखरामा चट्याङ लागेर एकको मृत्यु
शनिबार राति साढे ११ बजेको समयमा ढुङ्गामाटोले बनेको एकतले कच्ची घरको ढोका लगाउने क्रममा चट्याङको प्रहारबाट विक बेहोस भएका थिए।पोखरा, असार ९ : पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका(२३ हर्पनका ४९ वर्षीय देवबहादुर विकको घरमै चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
शनिबार राति साढे ११ बजेको समयमा ढुङ्गामाटोले बनेको एकतले कच्ची घरको ढोका लगाउने क्रममा चट्याङको प्रहारबाट विक बेहोस भएका थिए।
घटनालगत्तै अस्थायी प्रहरी पोष्ट बाम्दीबाट गएको प्रहरी टोलीले उनको उद्धार गरी मेट्रोसिटी अस्पताल पठाएको थियो। उनलाई अस्पतालले आज बिहान २ः२० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृतकको शव परीक्षणका लागि अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ।
प्रकाशित मिति: १२:२५ बजे, आइतबार, असार १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
काभ्रेमा कांग्रेसले थाल्यो ‘सदस्यता घर–आँगन’ कार्यक्रमबिहीबार, मंसिर १३, २०८१
सुनको मूल्य प्रतितोला ३ सय घट्योबिहीबार, मंसिर १३, २०८१
गठ्ठाघरमा ट्रकले ठक्करबाट एक जनाको मृत्युबिहीबार, मंसिर १३, २०८१
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठकबिहीबार, मंसिर १३, २०८१